२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


युक्रेनमाथि रुसको ठूलो आक्रमण


0
Shares

एजेन्सी । रुसले यूक्रेनमा गएराति अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ ।

मंगलबार राति रुसद्धार युक्रेनका विभिन्न क्षेत्रमा ७ सय २८ ड्रोन र १३ मिसाइलें प्रहार गरेको र यो आक्रमण अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण भएको यूक्रेनको वायुसेनाले जनाएको छ ।

यी ड्रोन ईरानमा निर्मित रहेको समाचारमा उल्लेख गरिएको छ । यूक्रेनका पश्चिमी वोलिन क्षेत्र र राजधानी लुत्स्कलाई मुख्य निशाना बनाई आक्रमण भएको जनाइएको छ । रातभरी भएको आक्रमणका कारण संचारसेवा बन्द रहनुका साथै कयौं क्षेत्रमा बिजुली आपुर्ति बन्द भएका कारण सर्वसाधारणमा त्रास फैलिएको थियो ।

२ सय ९६ ड्रोनं र सात मिसाइल ध्वस्त पारेको यूक्रेनी वायुसेनाको दावी छ । बाकी ४ सय १५ ड्रोन वा रडार हराएको या निष्क्रिय पारिदिएको पनि सेनाको भनाइ छ । यसैबीच यूक्रेनको रक्षा अधिकारिहरुले यो हमलाको गतिलो जवाफ दिने बताएका छन् ।

साथै रुसको सैन्य क्षमता कमजोर बनाउन बलियो कदम चालिने अधिकारीहरुले चेतावनी दिएका छन् ।