३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


शेयर बजारमा वृद्धि


416
Shares

काठमाडौं । दुई दिनको करेक्सनपछि शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ ।

बजार परिसूचक नेप्से २२ अंक बढेर २७ सय ५ दशमलव ९ को विन्दुमा पुगेको छ । परिसूचक बढेसंगै बुधबार कारोबार रकममा पनि सुधार आएको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह वित्त र म्युचअल फण्ड उपसमूह बाहेक अरु ११ वटा उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ६८ प्रतिशतले बढ्दा लगानी उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी बढेको छ ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि करिब १ प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६ दशमलव २१ प्रतिशत कमाउँदा ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सवैभन्दा धेरै ४ दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।

दिनभरमा ३१६ वटा स्टकको एक करोड ५८ लाख २२ हजार कित्ता शेयर ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनीको सवैभन्दा धेरै ३६ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।