
काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद नेम्वाङले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राख्नुभयो । उहाँले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नीति नियमहरुलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको बताउनुभयो ।
सांसद नेम्वाङले सच्चिने कामहरुको सुरुवात संसदबाटै हुनुपर्ने भन्दै संसदमा तथ्यहीन बोल्ने सांसदलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले संसदमा उठेका प्रश्नहरुको समयमै जवाफ दिन मन्त्रीहरुको समेत ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्