१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


बचतकर्तालाई बचत फिर्ता गराउनु हाम्रो उद्देश्य : नवनियुक्त अध्यक्ष बस्नेत


3.198k
Shares

काठमाडौं । कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गर्नुभएको छ ।

बुधबार कार्यालय नयाँ बानेश्वरमा नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने कर्जा उठाउनु चुनौतिपूर्ण रहेको बताउनुभयो । आफूहरु स्थापनाको चरणमा रहेको र काम छिटै कार्यान्वयन गर्ने बताउनुभयो । विभिन्न अदालतमा सहकारीका कर्जासम्बन्धी मुद्दा रहेको भन्दै ति मुद्दाहरु न्यायाधीकरणमा पनि आउने बताउनुभयो ।

अध्यक्ष बस्नेतले शुरुमा नै मुद्दाको चाप बढ्ने बताउनुभयो । काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भएपनि काम गर्ने बताउनुभयो । बचतकर्ताले बचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरुको बचत फिर्ता गराउनु आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

अध्यक्ष बस्नेतले सबै क्षेत्राधिकार आफूहरुलाई रहेको बताउनुभयो । बस्नेतको अध्यक्षमा गठित न्यायाधिकरणको सदस्यहरुमा धनकुटाका बसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।