
काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले धान रोपाईंको मुख्य समयमा समेत किसानले मल नपाएको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद साउदले किसानले समयमै मल नपाउँदा धानको उत्पादकत्वमा कमी आउँदा खाद्य सुरक्षामै असर पर्ने बताउनुभयो । उहाँले जेठ महिनामै धान रोपाईं शुरु हुने कञ्चनपुरलगायतका जिल्लामा समेत मल उपलब्ध नभएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले किसानको लगानी, श्रम र आशामाथि तुषारापात गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्