
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन नभएसम्म संसद बहिस्कार गर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद नेपालीले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलन भएपनि सरकारले नसुनेझै गरेको बताउनुभयो ।
सांसद नेपालीले बाढी-पहिरो पीडितहरुको उद्धार तथा राहतमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्