२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कुल जनसंख्याको ५२ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर


663
Shares

काठमाडौं । नेपालको कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर रहेका छन् ।

मंगलबार काठमाडौंमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम जारी गर्दै नेपाल बीमा प्राधिकरणले यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले २०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७।३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको बताउनुभयो । तुलनात्मक रुपमा ग्रामिण तथा न्युन आय भएका वर्गहरु हालसम्म पनि बीमा सेवाबाट वञ्चित रहेको बताउनुभयो ।

बीमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बीमा कम्पनीहरुमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गरिएको जानकारी दिनुभयो । ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको पनि बताउनुभयो ।

प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको अध्यक्ष ओझाको भनाइ छ । प्राधिकरणले बीमा नीति हरेक वर्ष ल्याउने पनि जनाएको छ । बीमा प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने पनि बताएको छ ।