२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरु नफर्किएको भन्दै रास्वपा सांसदले दिएको अभिव्यक्ति निन्दनीय : योगेश भट्टराई


9.945k
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गर्नुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे दिएको सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य रहेको टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीको भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको कार्यालयले नै पुष्टि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्नेगरी आएको अभिव्यक्ति निन्दनीय रहेको बताउनुभयो । उहाँले रास्वपा सांसदहरुलक्षित आफ्नै दलका नेताहरु जेलमा रहेको तथा मेनपावरमार्फत ठगी गरिरहेको आरोप समेत लगाउनुभयो ।

सांसद भट्टराईले प्रधानमन्त्रीको भ्रमण दलमा रहेको कुन सदस्य नफर्किएको हो प्रमाणित गर्न चुनौति समेत दिनुभएको छ ।