
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताउनुभयो । उहाँले प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको उल्लेख गर्दै प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो ।
देशभरका विभिाँ क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि समेत सरकार गम्भिर भएको बताउनुभयो । उहाँले खेलको वृहत्तर विकासका लागि भौति पूर्वाधार निर्माण, खेलाडिलाई प्रशिक्षण लगायतका लागि अगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको समेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्