
काठमाडौं । सोमबार करेक्सन भएको शेयर बजार परिसूचक मंगलबार झिनो अंकले घटेको छ ।
दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से शून्य दशमलव १४ अंकले मात्रै घटेर २६ सय ८३ दशमलव ८६ विन्दुमा अडिएको हो ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ७ वटा उपसमूह हरियो बने भने ६ वटा उपसमूह रातो रहेका छन् । वित्त समूह १ प्रतिशत बढीले उकालो लाग्दा विकास बैक, जलविद्युत, लगानी समूह सामान्य अंकले बढेका छन् । बाँकी समूह भने ओरालो लागेका छन् ।
मंगलबार बुटबल पावर कम्पनीको शेयर मूल्य ८ प्रतिशत बढीले बढेको भने रसुवागढी हाइड्रो पावरको शेयर मूल्य ५ प्रतिशत बढीले ओरालो लागेको छ । १३३ कम्पनीको शेयर मूल्य बढ्दा ११५ वटाको मूल्य घटेको छ । दिनभरमा ३ सय ४ वटा स्टकको एक करोड ५० लाख बढी कित्ता सेयर ६ अर्ब ५७ करोड बढीमा किनबेच भएको छ । कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्सको ५१ करोड ६७ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्