२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


त्रिभूवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति माओवादीको आपत्ति


546
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले त्रिभूवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्व बोलाउन ध्यानाकर्षण गराउनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौं युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह पनि गर्नुभयो ।

उपमहासचिव पुनले विश्वविद्यालयका तत्कालीन भिसीले सरकारको असहयोगको कारण राजीनामा दिएको भन्ने अनौपचारिक कुराहरु आएको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासका लागि सरकारलाई गम्भिर बन्न पनि आग्रह गर्नुभयो ।