२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टीभीएस जुपिटर ११० बजारमा


715
Shares

काठमाडौं । टीभीएस जुपिटर ११० नेपाली बजारमा भित्रिएको छ ।

विश्वव्यापी रुपमा दुई तथा तीन पांग्रे सवारी साधन निर्माण गर्ने अग्रणी कम्पनी टीभएसले नेपालमा नयाँ टीभीएस जुपिटर ११० सार्वजनिक गरेको हो ।

टीभीएस जुपिटर विश्वभरी ७० लाख बढी प्रयोगकर्ताको विश्वास जित्दै उनीहरुको विविध आवश्यकता पूरा गर्दै आएको कम्पनीले जनाएको छ ।

१५ वटा सेगमेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषतासहितको यो नयाँ टेक–फ्रेण्डली जुपिटर ११० नेपालका उपभोक्ताका बदलिंदो रोजाइ अनुसार तयार गरिएको नयाँ प्रविधिमा आधारित स्मार्ट स्कुटर रहेको कम्पनीको दाबी छ ।

टीभीएका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यो नयाँ स्कुटरले सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ ।

यसको सुरुवाती मूल्य २ लाख ५७ हजार ९ सय कामय गरिएको छ ।