
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्व भएको बताउनुभएको छ ।
सोमबार शितल निवासमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको बद्रि पहाडी समाजसेवा पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । नेपालीहरुले रोजेको लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । सुशासनको प्रत्याभुतिसहति शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति अम नागरिकलाई गराउन उत्तिकै जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले समाजमा योगदान गरेका मानिसहरुको नाममा स्थापित पुरस्कार प्रदान गर्ने अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्