Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सांसद सिंहको आरोप – भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी मुछिएका छन्


754
Shares

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानविन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाले संसद बहिस्कार गर्ने बताउनुभएको हो । उहाँले सरकारले दुई तिहाईको आडमा सदन चलाउन खोजिएको भन्दै आपीत्त पनि जनाउनुभयो ।

सांसद सिंहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी समेत संलग्न रहेको आरोप समेत लगाउनुभयो ।