३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


स्पेन भ्रमणमा नेपालको हित, पहिचान र आवाज उठायौं : प्रधानमन्त्री ओली


299
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज उठाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपाल जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गर्नुभयो । उहाँले नेपालले स्पेन भ्रमणका क्रममा एक ढंगले नेतृत्वदायी भुमिका खेलेको बतउानुभयो ।

प्रधानमन्त्री ओलीले रियल मड्रिड रंगशालाको आफूले अवलोकन गरेर र त्यस क्रममा दुई देशको खेल सम्बन्ध अभिवृद्धि गर्नेकुरा र नेपालको खेल र रंगशाला कसरी अघि बढाउने भन्ने सन्दर्भमा थप जानकारी पाएको बताउनुभयो ।