
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नैपर्ने बाध्यता रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको बताउनुभयो । उहाँले बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको पनि बताउनुभयो । सबै मिलेर सरकार बनाउनु राम्रो कुरा पनि भएको जिकिर गर्नुभयो । बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक रहेको पनि बताउनुभयो । जसकारण राजनीतिमा उत्तारचढाव आउनु स्वभाविक रहेको तर्क गर्नुभयो ।
सभापति देउवाले समूहिकृत रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्