२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


यो सरकारको सोचै गलत छ : शेखर कोईराला


962
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले अब सामान्य खेती गरेर नहुने भन्दै किसानलाई आधुनिक कृषि गराउन तालिम दिनुपर्ने बताउनुभयो ।

नेता कोईरालाले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौति गरेकोप्रति आपत्ति जनाउनुभयो । आफूले अहिले पनि २० बिगाह जग्गामा उखु खेती गरिरहेको बताउनुभयो । सरकारसँग पैसा छैन भनेर उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्नु गलत भएको बताउनुभयो । उहाँले मन्त्रीहरुलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने बताउनुभयो ।

सांसद कोईरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताउनुभयो । गर्न सकिँदैन भन्ने नभइ हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको बताउनुभयो ।