२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


महिला खेलाडीलाई प्रधानमन्त्रीले भन्नुभयो – आजको खेल जित्नैपर्छ


1.794k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताउनुभएको छ ।

शनिबार ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिनुभएको हो । उहाँले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरुको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको बताउनुभयो । महिला फुटबलरहरुले नेपालको खेल क्षेत्रको गौरव बढाएको र नेपालको प्रतिष्ठा र परिचय वृद्धि गर्नुभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सरकार खेलकुदको क्षेत्रलाई अघि बढाउने पक्षमा रहेको बताउनुभयो । आजको खेलले नेपाललाई नयाँ सिँढीमा उठाउने बताउनुभयो ।