
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले २०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले २०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गर्नुभयो । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भुमिका संगीतले खेलेको बताउनुभयो ।
अध्यक्ष दाहालले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भुमिका खेलेको बताउनुभयो । आगामी निर्वाचनको लडाईंमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भुमिका खेल्ने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रुपमा तपाईंहरु सबै पनि आफ्नो भुमिका पूरुा गर्नुहुनेछ।’
अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा शुरु भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्