२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्री ओली स्वदेश फिर्ता


455
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी भएर प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको हो ।

भ्रमण टोली गत १४ असारमा स्पेन प्रस्थान गरेको थियो । भ्रमण टोलीमा २१ जना सहभागी थिए ।