२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दीको विजयी शुरूवात


325
Shares

काठमाडौं । मनाङ मर्स्याङ्दीले श्रीभगवती क्लवलाई हराउँदै एन्फा यु-१६ युथ लिगमा विजय शुरूवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २-१ ले हराउँदै सुखद् शुरूवात गरेको हो ।

खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्रीभगवतीले हार सामना ग¥यो । मनाङको जितमा रोहन थापामगर र विवेक मगरले गोल गरे । श्रीभगवतीका लागि सरून महतो गोल फर्काए पनि हार टार्न सकेनन् । रोहन खेलको प्लेयर अफ दी म्याच घोषित भए । रोहनले खेलको ४० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

यससँगै पहिलो हाफमा मनाङ १–० ले अगाडि रह्यो । ५८ औं मिनेटमा सरूनले गोल फर्काउककंदै श्रीभगवतलाई बराबरीमा ल्याए । तर अन्तिम समयमा भने समालिन सकेन । ८७औं मिनेटमा विवेक गोल गर्दै मनाङलाई २–१ को जित दिलाए । त्यसअघि यस प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले गरेका थिए । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फाले एन्फा यु–१६ युथ लिगको सुरूआत गरेको हो ।

किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप शुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लवले प्रतिष्पर्धा गर्दैछन् । यु–१६ युथ लिग तेस्रो संस्करण हो । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शिर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिष्पर्धा गरेका छन् । थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लवले भने युथ लिगमा सहभागिता जनाउन पाएन । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिष्पर्धा गरेको छ ।

यसबाहेक त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी छन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।