२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बाजागाजाहरु जनताका आवाज पनि हुन् : उपप्रमुख डंगोल


949
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरु पनि रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उपप्रमुख डंगोलले हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरु रहेको बताउनुभयो । मूर्त सम्पदाहरु शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने बताउनुभयो । अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको बताउनुभयो ।

उपप्रमुख डंगोलले पुस्तौंदेखिका सीप र ज्ञानहरु पुस्तान्तरण गर्दै संस्कृतिहरुको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । परम्परागत टोल, गुठी, खलहरुले आफ्नो समुदायको पहिचान गर्न मद्दत गरिरहेको बताउनुभयो । पर्व, बाजा, जात्राहरुमा आफ्नो पहिचान रहेको बताउनुभयो ।