
काठमाडौं । अर्थ समितिका पछिल्ला बैठकमा भारतीय नोटबारे गर्मागर्मी बहस हुन थालेका छन् । गभर्नर सम्मिलित बैठकमै खासगरी भारतबाट नेपाल आउँदा भारु नोट कम ल्याउन दिइएको कारण नेपालमा आउने भारतीय पर्यटकहरुले खर्च गर्न नपाएको भन्दै समिति बैठकमा सांसदहरुले प्रश्न उठाउनु भयो । अर्थ समितिको बिहीवारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल आउने भारतीयलाई भारु नोट ल्याउन कडाइ गरिएकै कारण धेरै होटलहरुमा चहलपहल घटेको बताउनुभयो ।
भारु नोटबारे शाहीले मात्रै प्रश्न सोध्नुभएन, अर्का सत्ताघटक एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समेत प्रश्न गर्नुभयो । उहाँले नेपालको नीतिका कारण भारुमा ल्याउन नपाएको र पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो ।
शाही र थापाको प्रश्नको जवाफ दिन अर्थसमिति सभापति सन्तोष चालिसेले गभर्नर विश्वनाथ पौडेललाई निर्देशन दिनुभयो । तर उहाँले दिन चाहनु भएन । बैठकमा सहभागि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई गभर्नर पौडेलले जवाफ दिन आग्रह गर्नुभयो । कार्यकारी निर्देशक पौडेलले भारतीय नागरिकहरुले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एकसय भन्दा माथिका ठूला नोटहरु ल्याउन नपाइने बताउनुभयो ।
कार्यकारी निर्देशक पौडेलकाअनुसार ५ हजार डल भन्दा बढि वा सो बराबरको अन्य विदेशी मुद्रा ल्याउनु पर्दा भन्सार जाँचपास गराएर ल्याउनुपर्छ । १० लाख नेपाली रुपैँया भन्दा बढिको क्यास लिएर आवाज जावत गर्न विशेष कारण परेको बेलामा मात्रै पाइन्छ । अन्यबेला नपाइने उहाँले बताउनुभयो ।
राष्ट्र बैंकका निर्देशक पौडेलको जवाफमा शाहीले चित्त बुझाउनु भएन । शाहीले पाँच सयका भारु नोट नेपालमा के कारणले प्रतिवन्ध गरियो भन्दै प्रश्न तेस्र्याउनुभयो । उहाँले भारतमा २ हजारका नोट पनि चल्ने तर नेपालमा पाँच सयका भारु नोट नचल्ने त्यस्तो हुन नसक्ने बताउनुभयो ।
समिति सभापतिले समेत शाहीको प्रश्न सही भएको भन्दै पाँच सयको नोट कुन कानूनले ल्याउन नपाउने हो जवाफ दिन राष्ट्र बैंकका निर्देशक पौडेललाई फेरि रुलिङ गर्नुभयो । जवाफमा पौडेलले नेपालका बैंकहरुसँग एक सय र पाँचसयका धेरै नोटहरु रहँदा रहँदै जब भारतमा रातारात पाँचसयका नोटमा प्रतिबन्ध लगाइएको त्यसबाट औपचारिक रुपमा ती नोट भारतलाई विक्री गर्ने अवस्था नरहेको बताउनुभयो । उहाँकाअनुसार धेरैपटक भारतलाई आग्रह गर्दा पनि अहिले पनि पुराना नोट नसाटिदाँ थ्रुपै भारतीय नोट यथावत छन् । बिचमा भारतसँग एउटा छलफल भएको उहाँले बताउँदै भारतीय पक्षले एक सयभन्दा बढिका भारु नोट नेपालमा ल्याउन पाइने तर नागरिकले बोकेर लैजान नपाउने कुराकानी भयो । सोही नियम भारतमा लागू गरियो । नागरिकले ठूला भारतीय नोट बोकेर हिँड्दा ती नोटले नेपाली नोटलाई बिस्थापित गर्नसक्ने अर्को जोखिम भएकाले त्यसमा राष्ट्र बैंकले पनि कडाइ गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
भारतीय नोटका बारेमा अर्गसमितिको शुक्रवारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिनुभएको छ । उहाँकाअनुसार नेपालका कारणले मात्रै नभई भारतीय कारणले कडाइ भइरहेको बताउनुभयो । उहाँकाअनुसार भन्सारमा घोषणा नगरी ४ लाख र घोषणा गरेर ६ लाख भारू ल्याउन सकिन्छ । क्युआर कोड र कार्डबाट भुक्तानी गर्न सकिन्छ । ५०० भारूको नोटबारे नेपालको मात्र निर्णयले मात्रै भारतमा फिर्ता हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्