
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले अगामी आर्थिक वर्षको बजेटमा बिचौलियाको प्रभाव परेको र विकृत पुँजीवादको छायाँ देखिएको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा आर्थिक विधेयकमाथि सुझावको सूचना पेस गर्दै सांसद चन्दले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संविधानमा समाजवाद लेखिएको स्मरण गराउँदै सामाजिक न्याय र समानतामा आधारित आर्थिक नीति अपनाउन समेत सरकारलाई आग्र गर्नुभयो ।
सांसद चन्दले सरकारले कर नीतिमा समेत दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनुभयो । उहाँले विद्युत महशुल नतिर्नेहरूलाई दिइएको माफी फिर्ता असुल्न माग गर्दै त्यसपछि मात्र नयाँ कर छुटबारे छलफल गर्नुपर्ने बताउनुभयो ।
सांसद चन्दले सुनमा विलासिता कर लगाउनु उचित नभएको भन्दै व्यवहारिक कुरमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्