२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण देओस्, : अध्यक्ष नेपाल


832
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको छ भनेर प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान दिन तयार रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको बताउनुभयो । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उहाँको भनाइ छ । उहाँले यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गर्नुभयो । आफू सधैँ अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको बताउनुभयो ।

अध्यक्ष नेपालले जीवनमा चुनौतिहरुको सामना गर्ने आँटका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।