२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


एमाले सकंटै संकटमा छ : अध्यक्ष नेपाल


2.067k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको बताउनुभयो । एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको बताउनुभयो । नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो रु सहजै भन्न सकिने अवस्था नरहेको बताउनुभयो । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्रिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभइ दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरुलाई परास्त गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्टहरुको भविष्य अझै रहेको बताउनुभयो ।