
web pic
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगा लागेर मृत्यु भएको छ ।
बिहीबार राति टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र उनकी बहिनी १४ वर्षीया चमेलीको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।
नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्प प्रभावितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुंगा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्