१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश


1.261k
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले बयान र थुनछेक बहसपछि पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको थियो ।

हिल्टन होटलसँग सम्बन्धित एक भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेको भन्दै पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।