१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँ : रामकुमारी झाँक्री


2.782k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताउनुभयो । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूलो केही नेताहरुले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको बतउनुभयो ।

बुटवलमा पार्टीसंवद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभएको थियो । स्पष्टीकरण सोधिएको भन्ने समाचार आएको तर आफूलाई नसोधिएको बारेमा पार्टीले गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरुसँग निवेदन लिएर आएको स्पष्ट पार्नुभयो ।

नेतृ झाँक्रीले पार्टीलाई आफ्नो कारणले कुनै हानी नहोस् भनेर आफ्नो तहको बैठक नभएपनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको जानकारी गराउनुभयो ।