
काठमाडौं । नेकपा एमाले सांसद राजेन्द्रकुमार राईले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गर्नुभएको छ ।
समितिको बुधबारको बैठकमा बोल्दै सांसद राईलेले समिति सभापति र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गर्नुभएको हो । उहाँले कुलिङ पिरियडबारे भएको चलखेलमा अबका दिनदेखि समिति सभापति र समिति सचिवको नेतृत्वमा समितिको बैठक बस्न नसक्ने बताउनुभयो । उहाँले समितिले निर्णय गरेर पठाएको कुरालाई जालझेल गर्ने अधिकार समिति सभापति र सचिवलाई नरहेको बताउनुभयो ।
सांसद राईलेले जनताबाट चुनिएका प्रतिनिधिहरुको अपमान गर्ने अधिकार कसैलाई नरहेको बताउनुभयो ।
सांसद राई सहज किसिमले समितिको बैठक अघि बढाउने वातावरण सभापतिले बनाइदिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्