
काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र गरेको बताउनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार बोल्दै सांसद थानीले यसमा एक दुई जनाको मात्रै हात नभइ ठूलो समूहको चलखेल रहेको बताउनुभयो । उहाँले कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र गरिएको बताउनुभयो । कर्मचारीले देउसी भैलो गरेको आफूले देखेको भन्दै यसबारेमा टाठोबाठो मध्येकै सभापति राज्य व्यवस्था समितिमा रहनुभएको भन्दै समिति सभापति रामहरि खतिवडालाई जानकारी भएन भनेर नपन्छिन आग्रह गर्नुभयो ।
सांसद थानीले यसले संसदको मर्यादा गुमेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्