१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेवा आरम्भ


0
Shares

काठमाडौं, असार ६ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजबाट आफ्नो कारोवार शुरु गरेको छ ।

कम्पनीमा नेपालका विशिष्ट व्यापारीक घराना र अरु व्यक्ति गरी १८२ जना संस्थापक शेयरधनी छन् ।

कारोवार शुरु गरेको मितिले ६ महिनाभित्र देशभरका विभिन्न क्षेत्रमा कम्तीमा ४५ वटा शाखा कार्यालय खोली बीमा व्यवसायलाई सर्वसाधारणको घर दैलोसम्म पुर्‍याउने कम्पनीले जनाएको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड निर्जीवन व्यवसाय गर्ने १८औं कम्पनी हो ।