
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले प्राकृतिक विपद्बाट नगरबासीलाई सुरक्षा प्रदान गर्न महानगरपालिकाले सुरक्षाकर्मीहरुलाई तालिम प्रदान गर्ने तथा उपकरण व्यवस्थापनका कामहरु गरिरहेको बताउनुभयो । यद्यपि केही उपकरण तथा साधन अभाव रहेकाले त्यसतर्फ समेत काम भइरहेको उहाँको भनाइ छ ।
विपद् व्यवस्थापनको सवालमा मुलुकका ७५३ स्थानीय तहहरुमध्ये ललितपुर महानगरपालिका अब्बल भएपनि आवश्यक पूर्वतयारी गर्न नसक्दा गतवर्षको विपद्को प्रतिकार्य गर्न नसकिएको मेयर महर्जनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्