
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको चलखेलबारे छानविन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।
मंगलबार नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा पत्रकार भेटघाटका क्रममा सभापति खतिवडाले यस्तो आग्रह गर्नुभएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिले २०८२ साल जेठ २ गतेका दिन निजामति विधेयक सर्वसम्मतिले पारित गरेको थियो । सर्वसम्मत रुपमा निजामति विधेयक पारित गरेको भएपनि संसदबाट पारित हुँदै कुलिङ पिरियडमा चलखेल भएको छ । जसलाई लिएर छानविन समिति बनाउनुपर्ने माग राजनीतिक दलहरुले गरिरहेका छन् ।
यो संसमाथिको प्रहार भएको बताउँदै यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामति विधेयकमा राज्य व्यवस्थाले गरिएको कुलिङ पिरियडको सम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको सम्बन्धमा रहेको विषय गम्भीर त्रुटी र अक्षम्य घटना भएको बताउनुभयो । कुलिङ अफ पिरियडलाई राख्नेगरी सच्याउन पनि राष्ट्रिय सभालाई अनुरोध गर्नुभयो ।
विधेयकमा निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्षको मिति पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति नपाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्