
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई आर्थिक तथा उत्पादक क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलबाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले वन क्षेत्रको संरक्षण र उपयोगलाई सन्तुलनमा राख्नेगरी बजेट प्रश्ताव गरिएको बताउनुभएको हो । उहाँले निजी, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू–जलाधार संरक्षण, जैविक विविधता र जडिबुटिको संरक्षण, चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनलाई प्राथमिकता दिइएको दाबी गर्नुभयो ।
मन्त्री ठकुरीले सामुदायिक, साझेदारी तथा सरकारले व्यवस्थित गरेका वनमा उपयुक्त प्रवद्र्धन प्रणाली प्रयोग गरी ढलेका, सुकेका, बुढा तथा परिपक्व रुख संकलन गरेर काठ र दाउराको उत्पादन र आपूर्ति बढाउने सरकारको योजना रहेको समेत सुनाउनुभयो । उहाँले प्रदेश सरकारलाई काठ, दाउरा र फर्निचर उत्पादनका लागि सशर्त अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।
मन्त्री ठकुरीले वन व्यवस्थापनका लागि प्रदेश सरकारहरुलाई समेत सशर्त अुनदानको व्यवस्था गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्