१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


दलित र पछाडि परेका वर्गको समावेशी विकासका लागि छुट्टै विकास प्राधिकरण गठन गर्ने


416
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दलित, वादी र पछाडि परेका वर्गको समावेशी विकासका लागि सरकारले छुट्टै विकास प्राधिकरण गठन गर्ने तयारी गरेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले यस्तो बताउनुभएको हो । उहाँले सम्बद्ध कानून र प्राधिकरण निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । उहाँले राज्यका निकायहरुमा समावेशी तथा समानुपाति प्रतिनिधित्व सुनिश्चित गर्न सरकार गम्भीर रहेको समेत स्पष्ट पार्नुभयो ।

मन्त्री गुप्ताले संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य र समन्वयमा विकास निर्माणका कामहरु अगाडि बढाइने तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने समेत जिकिर गर्नुभयो ।