Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


वैदेशिक रोजगारको बाध्यात्मक अवस्था अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्द्धन गर्न जरुरी : श्रममन्त्री भण्डारी


390
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभएको छ ।

मन्त्रालयमा मंगलबार वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरी बसेका उद्यमी, व्यवसायीहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण गर्दै श्रममन्त्री भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको आर्थिक गतिविधिको आधार मान्दै आएको पनि बताउनुभयो । उहाँले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्नेकुरालाई ध्यान दिएर आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा मनाउने निर्णय गरिएको बताउनुभयो । रोजगारको आवश्यकताअनुसारको सीपको व्यवस्था गर्न निजी क्षेत्रलाई समेत समेटेर सरकार अघि बढेको बताउनुभयो ।

श्रममन्त्री भण्डारीले विदेशबाट फर्किएका नागरिकको सीप र पुँजीलाई प्रयोग गरेर देशलाई समृद्ध बनाउनेतर्फ सरकार अघि बढेको बताउनुभयो ।