
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबारको मुद्दा दर्ता गरिएको छ ।
काठमाडौं जिल्ला वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
पाठकले कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर देउवाको पाँच तारे होटल हिल्टन तथा क्यानडा, दुबई र अष्ट्रेलियामा रियल स्टेटमा लगानी रहेको भन्दै समाचार बनाएर युट्युबबाट प्रसारण गरेका थिए । उक्त सामग्रीबाट देउवाविरुद्ध घृणा, द्वेष फैलाएको र चरित्रहत्या गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरिएको हो ।
यसअघि नै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर साइबर ब्युरोले अनुसन्धान गर्ने तयारी गरे पनि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सोही कारण पाठकको बयानसमेत नगराई अदालतमा अभियोगपत्र बुझाइएको छ । उनलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्