१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


शिक्षामन्त्री पन्तले समय मागेपछि पास हुन सकेन शिक्षा विधेयक


3.653k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकको विषय पेचिलो बनेको भन्दै सहमतिका लागि समय माग गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री पन्तले विद्यालय शिक्षा विधेयक पास गर्न केही दिन पर्खिन आग्रह गर्नुभएको हो । उहाँले शिक्षक महासंघसँग २०७५, २०७८ र २०८० सालमा गरेका सहमतिहरुलाई पनि कार्यान्वयन गर्नेगरी ऐन अगाडि बढाउने वातावरण निर्माणका लागि समय आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई फेरि आन्दोलनमा जाने वातावरण बनाउन नहुनेमा जोड दिनुभयो ।

शिक्षामन्त्री पन्तले सरकार–शिक्षकबीच भएका ९ बुँदे सम्झौताहरु व्यवहारमा गइसकेको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेगरी ऐन ल्याउनेपर्नेमा आफ्नो जोड रहेको बताउनुभयो । कुनैपनि मन्त्रीको दायित्व हस्ताक्षर गरेर छोड्ने मात्रै हो कि समझदारी कार्यान्वयनमा लैजाने पनि हो रु उहाँको प्रश्न छ ।

सांसदहरुले सोमबार नै विधेयक पास गर्ने भनेपनि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र मन्त्री पन्तले थप समय माग गर्नुभएको हो ।