१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


शेयर बजारमा वृद्धि


520
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि शेयर बजारले वृृद्धिलाई निरन्तरता दिएको छ ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्स ९ दशमलव १९ अंक बढेर २६३१ दशमलव ४८ को विन्दुमा पुगेको छ ।

परिसूचक बढेपनि सोमबार कारोबार रकम भने घटेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ९ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ वटा उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ६३ प्रतिशतले बढेको छ । यस्तै, लघुवित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहका परिसूचक सामान्य घटेका छन् ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ४ दशमलव ९२ प्रतिशत गुमाएका छन् ।

सोमबार दिनभरमा ३ सय १८ वटा स्टकको एक करोड ४१ लाख ७२ हजार कित्ता शेयर ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज साहस उर्जाको सर्वाधिक ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।