१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


रुपन्देही – ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने


3.328k
Shares

काठमाडौं । प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

सोमबार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कार्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

२०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहोराको गएको चैत्र १९ गते क्रममा निधन भएको थियो । बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा कार्तिक १७ गते सोमबार निर्वाचन हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रिक्त पदमा निर्वाचन गराइएको हो ।