
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ ।
प्रतिनिधि सभाको शनिबारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो ।
सभामा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरुले सहमति जनाएसँगै प्रश्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।
प्रश्ताव पारित हुनुअघि सभामा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरुले उठाउनुभएका जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्