१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


पदका निम्ति तँछाडमछाड छ : अध्यक्ष दाहाल


702
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताउनुभएको छ ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताउनुभयो । कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गर्नुभयो । अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले यही अवस्था चलिरहेका कम्युनिष्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताउनुभयो ।