१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


हरेक नागरिकले एउटा रुख रोपौँ : प्रधानमन्त्री ओली


494
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गर्नुभएको छ ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आज राष्ट्रिय वृक्षारोपण दिन पारेर भविष्यको सुरक्षाका लागि हरेक नागरिकले एउटा बिरुवा रोप्न आग्रह गर्नुभयो । पृथ्वी, प्रकृति, भावी पुस्तालाई माया गर्न पनि एउटा बिरुवा रोप्नुपर्ने बताउनुभयो । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विपद्बाट भएका क्षतिको सम्बन्धमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो ।