१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


इरानमाथिको अमेरिकी प्रहार ऐतिहासिक रुपमा सफल रहेको अमेरिकाको दाबी


0
Shares

एजेन्सी । अमेरिकाले इरानका आणविक केन्द्रहरुमा अमेरिकाले गरेको सैन्य काराबाही ऐतिहासिक रुपमा सफल रहेको दाबी गरेको छ ।

इरानी सर्वोच्च धार्मिक नेता अलि खामेनीले अमेरिकी आक्रमणलाई नजर अन्दाज गर्दै सन्देश सार्वजनिक गरेलगत्तै अमेरिकी रक्षामन्त्री पिट हेगसेठले पत्रकार सम्मेलन गरी सैन्य कारबारही अभूतपूर्व र ऐतिहासिक रुपमा सफल रहेको बताएका हुन् ।

अमेरिकी आक्रमणबाट इरानका आणविक केन्द्रहरुमा अपुरणीय क्षति भएको भन्दै उनले अमेरिकी प्रहारलाई नजर अन्दाज गर्ने खामेनीको प्रतिक्रिया इरानी जनतालाई गुमराह गर्ने चालबाजी मात्रै भएको बताए ।

अमेरिकी गुप्तचर निकाय सीआइए र अन्तर्राष्ट्रिय अणु उर्जा एजेन्सीले समेत त्यसको पुष्टि गरिसकेको भन्दै रक्षामन्त्री हेगसेठले केही अमेरिकी मिडियाले अमेरिकी सेनाको क्षमतामाथि प्रश्न उठाउने गरी रिपोर्ट प्रसार गरेको भन्दै खेद व्यक्त गरे ।