
काठमाडौं । ललितपुर महानगरपालिकाले लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ गरेको छ ।
ललितपुरमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर महानगरले लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ गरेको हो ।
अभियानलाई महानगरले सफल बनाउने ललितपुर महानगरपालिकाले मेयर चिरीबाबु महर्जनले प्रतिवद्धता जनाउनुभयो । उहाँले ललितपुर महानगरले अहिलेसम्म गरेका कामहरु पूरा गरेरै छोडेको र यो अभियान पनि पूरा गर्ने दाबी गर्नुभयो । उहाँले धेरैले ललितपुर महानगरपालिकालाई असल अभ्यास गरिरहेको महानगरका रुपमा हेरिरहेको र ललितपुर महानगरले पनि अन्य राम्रो अभ्यास गरेका पालिकाहरुको कामलाई ग्रहण गरिरहेको बताउनुभयो ।
मेयर महर्जनले असल अभ्यासहरु लागू गर्न लजाउन नपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्