
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गर्नुभएको छ ।
बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाउनुभयो । अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरुरी रहेको बताउनुभयो ।
सांसद भण्डारीले अझैपनि सिमान्तकृत वर्गले निःशुल्क रुपमा शिक्षा प्राप्त गर्न नपाएको गुनासो गर्दै उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षालाई पैसाँग तुलना गर्न नमिल्ने टिप्पणी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्