
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ ।
बिहीबार मध्यान्ह १२ बजेसम्म बढेर २६ सय १७ को विन्दुमा पुगेको बजार अन्तिममा ४ दशमलव ४५ अंक घटेर २५९५ दशमलव ७४ विन्दुमा झरेको छ ।
बजार परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ भने अरु बाँकी उपसमूहहरुको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ८७ प्रतिशतले घटेको छ ।
घटेको बजारमा पनि ग्रीन डेभलपमेन्ट बैकको शेयर मूल्य सर्वाधिक ९ दशमलव १८ प्रतिशतले बढेको छ । तर रिलायबल समृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ३० प्रतिशत घटेको छ ।
बिहीबार दिनभर ३०६ वटा स्टकको एक करोड ९६ लाख ५० हजार कित्ता शेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनीको सवैभन्दा धेरै ६२ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्