१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको छ : महानिर्देशक तिवारी


260
Shares

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताउनुभएको छ ।

ललितपुरमा बिहीबार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै महानिर्देशक तिवारीले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्व बढ्न थालेको बताउनुभयो । उहाँले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

महानिर्देशक तिवारीले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्वपूर्ण क्षेत्र बनेको बताउनुभयो । कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवशयक योजना बनाउन जरुरी रहेको बताउनुभयो ।