
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा बिहीबार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरुको समेत योगदान रहेको बताउनुभएको हो । उहाँकाअनुसार कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरुले महत्वपूर्ण योगदान पु¥याएको बताउँदै श्रममन्त्री भण्डारी ति देशले नेपालीको योगदानलाई कदर गर्नुपर्ने बताउनुभयो । उहाँकाअनुसार नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्छ ।
मन्त्री भण्डारीकाअनुसार विदेशमा नेपाली कामदारलाई फरक दृष्टिले हेरिनु हुँदैन । ती राष्ट्रहरुले आफ्ना नागरिक सरह सेवा सुविधा दिनुपर्छ । उहाँका अनुसार अहिले सरकारले विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता गरिदैँछ । अन्तर्राष्ट्रिय फोरमहरुमा समेत सरकारले समान व्यवहारका लागि कुरा उठाइरहेको बताउँदै उहाँले नेपालीले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चित गरिने बताउनुभयो ।
मन्त्री भण्डारीका अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको संरचना समेत विगतमा वैदेशिक रोजगार सम्बद्ध थिए । अहिले त्यसको पुनःसंरचना गरेर अघि बढिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्